लुम्बिनी प्रदेश महिला फुटबल टिम बन्द प्रशिक्षणमा

लक्ष्मण बस्नेत
दाङ, २५ असोज ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को तयारीका लागि लुम्बिनी प्रदेश महिला फुटबल टिम बन्द प्रशिक्षणमा रहेको छ ।
दाङ जिल्ला फुटबल संघ र जिल्ला खेलकुद बिकास समिती दाङको सहकार्यमा बेलझुण्डी रंगशालामा असोज २४ गते देखि तीन दिने बन्द प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो ।

           

भोलि बुधबारसम्म चल्ने प्रशिक्षणमा दाङ जिल्लाका ८ र लुम्बिनी प्रदेशका अन्य जिल्ला बाँके,रुन्देही,गुल्मी,बर्दियाका गरि २० जना महिला खेलाडी अभ्यासरत रहेको लुम्बिनी प्रदेश महिला फुटबल प्रशिक्षक जनक केसिले जानकारी दिए ।


अभ्यासरत लुम्बिनी प्रदेशको टिमले यहि असोज २८ गते देखि गण्डकी प्रदेशको पोखरामा हुन गईरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ सहभागिता जनाउनेछ ।

बन्द प्रशिक्षणको प्रशिक्षकमा लुम्बिनी प्रदेश महिला फुटबल प्रशिक्षक जनक केसि र पुर्व राष्ट्रिय खेलाडि तथा स्कुल स्पोर्ट्स एकाडेमिका प्रशिक्षक सुधिर गुरुङ रहनु भएको छ । यसैबिच भोलि बुधबार दिउसो एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्रदेशको खेलाडी,टिम कोच र टिम म्यानेजर सहित २२ सदस्यीय टोलिलाई बिदाई गरिनेछ ।