दाङ–३ मा एमालेबाट कोमल वलीले दिइन् उम्मेदवारी

दाङ, २३ असोज ।
दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट कोमल वलीले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् ।

क्षेत्र नं.३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वलीले उम्मेदवारी दिएकी हुन् । उनीसँगै महासचिव शकर पोख्रेल पनि सहभागी भएका छन् ।


त्यस्तै दाङ क्षेत्र नं. १ ‘क’ मा एमालेबाट घनश्याम पाण्डे र २ ‘ख’बाट हुकुम बस्नेतले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।