रुकुम चौरजहारीका रघविरे पुन एक महिनादेखि बेपत्ता

दाङ
१३ असोज / रुकुमपश्चिम चौरजहारी नगरपालिका वडा नं.६ खागल निवासी रघविरे पुन एक महिनादेखि वेपत्ता भएका छन् ।

भारतको सिम्लाबाट घर फर्किने क्रममा उनी वेपत्ता भएका हुन् । गएको अगष्ट २९ तारिखका दिन दिउसो १२ः१८ बजेउनी सिम्लाको सीसी क्यामेराको फुटेजमा देखिएका छन् ।

त्यसपछि उनी कुन गाडीमा चढे भन्ने पनि पत्ता नलाग्दा खोजी कार्यमा समस्या रहेको छ । भारतको किनोरमा रोजगारीको सिलसिलामा गएका उनी घर फर्किने क्रममा बेपत्ता भएका हुन् । उनको खोजी गरि दिन परिवारले आग्रह गरेको छ ।


करिब ४० बर्षीय पुन गरीब परिवारका ब्यक्ती हुन् । भारतबाट पैसा कमाएर उनले दैनिकी चलाउने गरेका थिए । उनका श्रीमति, ३ छोरा र २ छोरी छन् ।

सिम्लामा यसरी देखिए सीसी क्यामेरामा