आसन निर्वाचनमा मावन अधिकारका सवाल समाबेश गरिन्छ : राजनीतिक दल

सुशील बस्नेत
दाङ,११ भदौ ।
आसन निर्वाचनको घोषणा पत्रमा मानव अधिकारका सवाललाई समाबेश गर्ने प्रतिबद्धता राजनीतिक दलहरुले गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले शनिबार तुलसीपुरमा आयोजना गरेको आसन निर्वाचन : राजनीतिक दलको घोषणा पत्रमा मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले मानव अधिकार सुनिश्चिताका लागि नेपाल काँग्रेस प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, नेपाली काँग्रेस राष्ट्रियता,लोकतन्त्र र समाजबाद आत्मसाथ गर्दै आएकोले लोकतन्त्रमा मानव अधिकार सुनिश्चित हुन्छ । त्यसकारण मानव अधिकारको सुनिश्चिताका लागि काग्रेस प्रतिबद्ध रहेको डाँगीले बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष हुकुमबहादुर बस्नेतले मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मानव अधिकार उल्घंनका घटना बढ्न सक्ने भएकाले अधिकारको क्षेत्रमा क्रियासील संघसस्थाले बिशेष निगरानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो , मानव अधिकारको सुनिश्चिताको लागि एमाले सदैव तत्पर छ ।

जनता समाजबादी पार्टीका प्रतिनिधि टोपबहादुर महतरा र राष्ट्रिय जनमोर्चा दाङका सहसचिब ऋषिराम पौडेलले मानव अधिकार सँगै कर्तब्यलाई नागरिकले पनि भुल्न नहुने बताउनुभयो ।


नागरिक समाज दाङ सल्लाहकार टिकाराम रेग्मी,शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,केन्द्रिय सचिब निर्मल नेपाली,केन्द्रिय पुर्व उपसभापति मोहन प्रसाद धिताल,सल्लाहकार तेजबहादुर कार्की,शरद रेग्मी, समाज दाङका निर्वतमान सभापति तुलसीराम सुनारले आसन निर्वाचनमा मानव अधिकारको सवाललाई बिशेष प्राथमिकतमा राखि घोषणा पत्र जारि गर्न आग्रह गर्नुभयो ।

त्यस्तै,उच्च अदालत बारका अध्यक्ष पुष्कर भण्डारी,नेपाल यातायात ब्यबसायि राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमाल,तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बिमल रिजाल,तुलसीपुर जेसीजका अध्यक्ष केशवराज केसी,जेष्ठ नागरिक समाजका प्रदेश अध्यक्ष खुमानन्द अधिकारी, ओरेक दाङका संयोजक ईश्वारा थापा, अधिकारकर्मी सुष्मा गिरीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दलले तयार गर्ने घोषण पत्रमा महिला अधिकार,दलित अधिकार,जेष्ठ नागरिक अधिकार,अपाङगताको अधिकार,बाल अधिकार लगायतको सुनिश्चिता हुने गरि ल्याउनुपर्ने सुझाब दिनुभयो ।

शान्ति समाज दाङका सभापति नविनकुमार पोख्रेलको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण उपसभापति कोमल डाँगीले गर्नुभएको थियो ।