तुलसीपुर खानेपानीको धारा वितरण प्रक्रिया अघि बढ्यो

तुलसीपुर
९ भदौ / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले धारा वितरण प्रक्रिया अघि बढाएको छ ।

नयाँ धारा जडानकालागि दर्ता भएका तीन हजार दुई सय निवेदन मध्ये पानीको च्याम्बर र पाईपलाईन भएको स्थानमा मात्रै धारा जडान गरिने छ । त्यसकालागि अहिले अनुगमन गर्ने कार्य भइरहेको संस्थाका उपाध्यक्ष सिताराम शर्माले बताए ।

उनका अनुसार त्यसकालागि अनुगमन गर्न ९ स्थानमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई खटाईएको छ । २०७७ सालयता नयाँ धारा वितरण गरिएको छैन ।


No photo description available.

No photo description available.