दाङमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

दाङ, २८ साउन ।  दाङको अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडि खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर बुका निवासी २६ बर्षिय निराजन पोख्रेल रहेको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीले जानकारी दिए ।


पोख्रेल शनिबार साथिहरुसंग नुहाउन घोराही उपमहानगरपालिका–२ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा पुगेका थिए । दिउँसो नुहाउने क्रममा मान्छे डुबेको सुचना पाए लगत्तै डिएसपी बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो । खोज तलास गर्ने क्रममा पोख्रेल खोँचमा अड्किएको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । निराजन आफ्ना अन्य २ जना साथि सहित पौडि खेल्न पुगेको बताइएको छ ।