टरिगाउँ एयरपोर्ट विस्तार गर्न सम्भव भए गरौं, नत्र विकल्प खोजौं : शंकर पोखरेल

दीपक बोहरा
दाङ, १८ साउन ।
नेकपा एमालेका महासचिब शंकर पोखरेलले टरिगाउँ एयरपोर्ट विस्तार गर्न सम्भव नभएको सन्दर्भमा विकल्प खोज्न तयार हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिब पोखरेलले बाँकेले विकल्प खोजेर नयाँ स्थानमामा एयरपोर्ट बनाउँदा ठूला जहाज चढ्न पाएको र सुर्खेतले पनि विकल्प खोजिरहेको भन्दै तुलसीपुरको एयरपोर्टको पनि विकल्प खोज्नुपर्ने बताए ।

‘तुलसीपुर एयरपोर्ट विस्तार हुन सक्छ, प्राबिधिक रुपमा भन्दा खेरि दंगालीको चाहाना एयरपोर्ट भएकै ठाउँमा विस्तार गर्ने कुरा नै उचित हुन्थ्यो,’ उनले भने‘तर, जब प्राबिधिक रुपमा सम्भव छैन भनेपछि दंगालीहरुले आधुनिक जेटबोटहरु चढ्न पाउनु पर्छ भन्न मलाई लाग्छ, कसैले राजनीतिक गरेर ति मान्यतालाई अस्वीकार गर्ने कुरा गलत हो भन्ने कुरा मलाई लाग्छ ।’

बाँकेमा पहिले खजुरामा भएको विमान राझामा सारेपछि ठूला विमान चढ्न पाएको र सुर्खेतमा विस्तार गर्न सक्ने अबस्था नभएपछि नयाँ स्थानमा विमानको खोजी भइरहेको भन्दै दाङले पनि यसमा सोच्नु पर्ने बताए ।‘ धेरै ठाउँमा हामी के पाउछौं भन्दाखेरि ठाउँ उपलब्ध नभएपछि नयाँ ठाउँमा एयरपोर्ट बनाउने गरियाछ । पहिले खजुरामा एयरपोर्ट पछि राझामा सारियो । खजुरामै एयरपोर्ट राखिरहनुपर्छ भन्या भए आज नेपालगञ्जवासीले चाहि ठूला जहाजहरु चढ्न पाउने थिएनन् यो पक्षलाई चाहि हामीले बुझ्नु पर्छ भन्ने मलाई लाग्छ’,उनले भने‘ सुर्खेतमा भ’को एयरपोर्टको बिकल्प सुर्खेतका जन्ताले खोजिराख्या छन् । किनकी त्यहाँ ठूला जहाजहरु अवतरण गर्ने हिसाबले विस्तार गर्न सम्भव भएन ।’

दाङमा के गर्ने भन्ने विषयमा दाङका राजनीतिक नेतृत्व र आर्थिक नेतृत्वले सोँच्नु पर्ने बताए । एमालेले टरिगाउँ एयरपोर्ट विस्तारकालागि योजना बनाएको सन्दर्भमा सरकार परिर्बतन भएको र काँग्रेसको सरकार आएपछि आएका प्राबिधिकले विस्तार गर्न सम्भव नभएको भन्दै प्रतिबेदन तयार पारेपछि विस्तारको काम राकिएको बताए । यदि टरिगाउँ एयरपोर्ट विस्तार गर्न सम्भव नहुँने अबस्था रहेमा विकल्प खोज्ने कुरामा हिच्किचाउनु नहुँने उनको भनाई छ ।“यो ठाउँ र त्यो ठाउँ भन्ने नाममा चाहि टुइनेटरमा सधै निर्भर हुने कुरा चाहि दाङबासीका लागि उचित हो भन्ने म ठान्दिन ।

टुइनेटरमाथि गर्ब गरिकन आजको आधुनिक हवाई यातायात रोक्ने कुरा चाहि कुनै पनि अर्थमा उचित हुँदैन’,उनले भने‘विस्तार गर्न सम्भव छ, विस्तार गरौं । सम्भव छैन, विकल्प खोज्नु पर्छ भन्ने मलाई लाग्छ । अन्यथा यो बाउजरले मात्रै पनि समस्या हल हुँदैन । आखिरमा बाउजरले गर्ने कुरा भन्या त टुईनेटरकालागि इन्धन भर्ने कुरा मात्रै हो । ठूला जहा आउने वाला छैन । यो चिजलाई हामीले बुझ्न जरुरी छ ।’


विकल्प तर्फ जान आबश्यक छ की छैन भन्ने प्रशनमा अल्मल्लिन नहुने उनले बताए । प्राबिधिक रिपोर्ट गलत भए सच्चाउनु पर्ने र सहि भए त्यसलाई कार्यान्वयन गर्ने तर्फ जानु पर्ने समेत उनले बताए । ‘यो विषयमा अलफल गर्ने कुरा उचित होइनु ।’,उनले भने‘जुन दाङका सन्दर्भमा मात्रै अनाबश्यक विवाद गर्ने र अवसर जति गुमाउने खालको प्रबृति छ, त्यो प्रबृतिबाट हामी सबै जोगिनु पर्छ ।’

उनले मुलुकमा गठबन्धनका माधयमबाट विकासको नेतृत्व हुन नसक्ने प्रमाणित भइसकेको भन्दै एमाले बलियो राष्ट्रिय शक्ति बनाउने पक्षमा रहेको बताए । कुनै पनि मुलुकमा गठबन्धन वा संयुक्त मोर्चाले विकास र समृद्धि ल्याएको इतिहास नभएको भन्दै गठबन्धनले राजनीतिक परिबर्तन भन्दा अरु केही पनि नल्याउने बताए । साथै उनले एम अधिकारीका सन्दर्भमा एमाले र स्वयं गर्भनरले पनि आफू नभएको भनि स्पस्ट पारिसकेको बताए ।

केही दिन अघि मात्रै विप्लवसहितका नेताहरुलाई पक्राउ पुर्जी जारी गरिएको भन्दै विप्लव मुलधारको राजनीतिमा आएको सन्दर्भमा पहिलेका मुद्दालाई अहिले अघि सार्नु उचित नभएको समेत बताए । त्यस्तै मंसिरमा हुने भनिएको निर्वाचनको मिति समेत सरकारले तोक्न नसकेको भन्दै लोकतान्त्रिक प्रक्रियामा गठबन्धन सरकार चल्न नसकेको महासचिब पोखरेलको भनाई छ । गठबन्धन सरकारमा माफिया गिरी बढेर गएको तथा निश्चित ब्यक्तीको स्वार्थकालागि सौदावाजी गर्ने प्रबृति बढेको समेत बताए ।

अहिले आएको बजेटमा निश्चित ब्यापारी घरानाको अनुहार देखिने समेत उनले बताए । साथै उनले स्थानीय तहको निर्वाचनमा एमालेले अपेक्षा अनुसार नतिजा नआएपनि जनमतका हिसाबले लोकपृय पार्टी भएको समेत बताए । माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम जस्ता नेता पार्टीमा नहुँदा पनि विगतको चुनाबमा भन्दा मत बढि आएको उनको भनाई थियो । विगतमा ३३ प्रतिशत ल्याएको पार्टीले अहिले ३४ प्रतिशत मत ल्याएको भन्दै एमाले लोकपृय पार्टीका रुपमा स्थापित भएको बताए ।