दाङमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

तुलसीपुर
१६ साउन / दाङमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

सोमबार दिउँसो करिव साढे २ बजे राप्ती गाउँपालिका वडा नं. २ बाहुनेपाटा बस्ने २८ बर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहका अनुसार बासु गाहा मगरकी भाउजु २७ वर्षीया भिमा गाहा मगर घाइते हुनुभएको छ ।


घाइतेको भालुवाङ अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ । घर भित्र जेठानीले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फाले पछि देउरानी हिमाले विद्युतको तार छुदा करेन्ट लागेको थियो ।

करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान बासुले काचो लठ्ठीले तारलाई हिर्काउदा तार चुडिएर उनको शरिरमा परेपछि करेन्ट लागेर दुवै जनाको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।