विगतका गल्ती सुधारेर पार्टी बनाउन लाग्नुस् : अपार

तुलसीपुर
८ माघ/ माओवादी केन्द्र दंगीशरण गाउँ कमिटिको कार्यालय उद्घाटन गरिएको छ ।

शनिबार एक कार्यक्रम गरि कार्यालय उद्घाटन गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले पार्टीको आठौ महाधिवेशनबाट समाजवादको कार्यदिशा पारीत गरिएको बताए । जुन कार्यक्रम जनताको अबस्था बदल्ने गरि आएको उनको भनाई छ ।

अब पार्टीलाई आत्मसमिक्षा गरेर अगाडी बढाउनुपर्ने बताए ।‘अब हामी आफू बदलिनु पर्छ’,उनले भने‘आफू बदलिएपछि मात्रै पार्टी बदलिन्छ, त्यसैले विगतका गल्तीहरु स्वीकार गरेर पार्टी निर्माण गर्नुपर्छ ।’


साथै उनले अबको केही समयमा निर्वाचनको मिति तोकिन सक्ने भन्दै त्यसमा गठबन्धन भएर निर्वाचन हुने र यदि गठबन्धन हुन नसक्ने अबस्था भएपनि एक्लै पनि चुनाबमा विजयी प्राप्त गर्न सक्ने गरि तयारी गर्नुपर्ने बताए । साथै उनले सबै नेता कार्यकताहरुलाई पार्टी निर्माणमा लाग्नु समेत निर्देशन दिए । साथै उनले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने समेत बताए । यसले निर्वाचन खर्च समेत बचत हुने उनको भनाई छ ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य हिरालाल चौधरी‘बज्र’, पार्टीका जिल्ला समन्वय समिति सदस्य महेश वली, वाईसिएल दाङका इञ्चार्ज अमर नेपाली‘माइकल’, शान्तिनगरका पार्टीसहसचिब हिरालाल सुनारलगायतको सहभागिता रहेको थियो ।

पार्टीका दंगीशरण अध्यक्ष मनीराम चौधरी‘जेहेन्दार’को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मञ्जु विकले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन, भने सहजीकरण सचिब सचिब दीपक गौतमले गरेका थिए ।