दंगीशरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

दंगीशरण, २० असार ।

दंगीशरण गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा प्रदेश प्रशिक्षण प्रतिस्ठान नेपालगन्जको सहयोग एवं सामुदायिक सेवाकेन्द्र बाँकेको सहजीकरणमा सेवाग्राहीका समस्याहरुप्रति पालिकाको जवाफदेहिता भन्ने विषयमा जिम्मेवार ब्यक्तिहरु र सेवाग्राही बीच सार्बजनिक सुनुवाइ कार्यक्रम भएको हो ।


सार्वजनिक जवाफदेहिता प्रबर्द्धन कार्यक्रम अन्तर्गत कार्यगत क्षमता स्व मुल्यांकनका लागि प्रदेश प्रशिक्षण प्रतिस्ठान नेपालगन्जको सहजीकरणमा सार्बजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो । दंगीशरण गाउँपालिकाका ७ वटै वडाका सेवाग्राहीबिच सेवाग्राहीका समस्या र सुझाब प्रति पालिकाका जिम्मेवार निकायले उठेका प्रश्न र सुझाबको उत्तर दिएका थिए । सुनुवाइमा प्रस्नकर्ता सेवाग्राही र जबाफदेहिता जिम्मेवार शाखाका प्रमुख तथा अध्यक्ष ,उपाध्यक्ष रहेका थिए ।

विभिन्न क्षेत्रका ब्यक्ति र सेवाग्राहीले विभिन्न शाखा अन्तर्गतका जिम्मेवार ब्यक्तिसँग आफ्ना समस्या र गुणासो गरेका थिए । दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको शभापतित्वमा सम्पन्न सार्बजनिक सुनुवाइ कार्यक्रमले ७ बुदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पालिकलाई आर्थिक सुशान र पारदर्शिताको सवालामा अगाडि लैजान गम्भीर भएर लाग्ने अध्यक्ष गिरिले बताए । सार्बजनिक सुनुवाइको सहजीकरण साम्प्रदायिक सेवाकेन्द्र बाँकेका निर्मल आचार्यले गरेका थिए ।