बुटवलबाट मोटरसाइकल चोरी गरि दाङ ल्याई बिक्रि गर्ने ९ जनाको गिरोह पक्राउ

घोराही, १८ असार ।

बुटवलबाट मोटरसाइकल चोरी गरि दाङ ल्याई बिक्रि गर्ने गिरोहलाई पक्राउ गर्न दाङ प्रहरी सफल भएको छ । बिभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरि दाङका ल्याएर बिक्रि गर्ने ९ जनालाई लमहि र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


पक्राउ पर्नेमा गढवा गाउँपालिका-६ का १७ बर्षिय आनन्द परियार, सोहि ठाउँकै १७ बर्षकै क्रम बस्नेत, १६ बर्षिय रातन बस्नेत, १६ बर्षकै नसिब अहमद, १५ बर्षिय बरुण कुमाल, १९ बर्षिय अनिल सिंह ठकुरी, १९ बर्षकै लक्ष्मण बिस्ट र लमहि नगरपालिका-५ का १९ बर्षिय बसीयम सिंह ठकुरी रहेका छन ।

उनीहरुले बिभिन्न स्थानबाट मोटरसाईकल चोरी गरेर ल्याई बिभिन्न गिरोह मार्फत बिक्रि गर्दै आईरहेको पाईएको छ । पक्राउ परेकाहरु माथी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले जानकारी दिएका छन । घोराही बजारसहित बिभिन्न ठाउबाट मोटरसाइकिल चोरी भएपछि एसपि काफ्लेकै निर्देशनमा दाङ प्रहरीले अप्रेसन चलाएको थियो ।