
तुलसीपुर, ३ कात्तिक ।
दाङको तुलसीपुर बसपार्क स्थित एक होटेलबाट केही युवतिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार मुनलाइट होटेलबाट एकै ठाउँ बसिरहेका युवतिहरुलाई सोधपुछकालागि नियन्त्रणमा लिइएको हो ।
एक युवति हराएपछि खोजी गर्ने क्रममा उक्त होटेल पुगेका थिए। त्यसपछि होटेल सञ्चालकले आनाकानी गरेपछि खोज्दै जाँदै एकै ठाउँमा युवतिहरु भेटिएको प्रहरीले बताएको छ । मंगलबार नियन्त्रणमा लिइएको हो ।



लाइभदाङ । ४ कार्तिक २०८३, मंगलवार १०:५५ बजे