एमालेका जिल्ला सदस्य बस्नेत माओवादी केन्द्रमा प्रवेश

तुलसीपुर, २० असोज । एमाले दाङका जिल्ला कमिटि सदस्य जगत बस्नेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बबई गाउँपालिका ७ निवासी बस्नेत निवर्तमान जिल्ला समन्वय समिति सदस्य समेत हुन् ।  बबई ७ मा आयोजित कार्यक्रमबाट उनीसहित ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले उनलाई स्वागत गरेका हुन् ।

त्यस अवसरमा बस्नेतले आफू जिल्ला समन्वय समितिमा हुँदा पनि विकासकै लागि पहल गरेको र एमालेले विकासमा कुनै चासो नदेखाएकाले अहिले माओवादी केन्द्रले देखाएको विकासको लहरबाट प्रभाबित भई माओवादी केन्द्रमा प्रवेश गरेको बताएका हुन् ।


 

May be an image of 12 people and tree