प्रतिष्ठानमा पहिलो पटक आँखाको क्यान्सरको सफल सल्यक्रिया

देव राज कँडेल
तुलसीपुर, ८ असार ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । शरीरका विभिन्न भागमा फैलिदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले सल्यक्रिया गरेको हो ।

आखाँमा ट्युमर पलाई लामोसमयदेखी पिडित रहनु भएका तुलसीपुर १४ निवासी प्रेमबहादुर वलीको अप्रेशन गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनुभयो । भट्टराईका अनुसार साविक राप्तीमै पहिलो पटक प्रतिष्ठानमा यो अपरेशन सफल भएको हो ।


वलीले अर्को आँखा पहिले देखिनै नदेख्ने हुनुहुन्थ्यो । त्यसपिछ उहाँले भरतपुर क्यान्सर अस्पतालसहितका अस्पतालमा उपचार गराउँदा पनि सम्भव हुन सकेको थिए । त्यपछि वली राप्ती आँखा अस्पताल रक्षाचौर आएपछि त्यहा कार्यरत आँखा क्यान्सर विशेषज्ञ तथा अकु प्लाष्टिक सर्जन डा. सुरेश रसाइली नेतृत्वको नेत्र चिकित्सक, असिस्टेन्ट शान्ता रेग्मी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एनेस्थेसियेलोजिष्ट डा. कुन्दन घिमिरेहरुको टोलीले प्रतिष्ठानमा विरामीको आँखाको गेडीलगायत सबै क्यान्सर निकालेर अप्रेशन गरेको हो । उच्च रिस्क लिएर आफूहरुले प्रतिष्ठानमा सफल अप्रेसन गरेको अप्रेसनमा संलग्न आँखा रोग विशेषज्ञ चिकित्सक रसाइलीले बताउनुभयो ।

आँखा अस्पताल रक्षाचौरमा सामान्य शल्यक्रिया हुने गरेको भएपनि पुरै वेहोस वनाएर शल्यक्रिया हुँदैन । प्रतिष्ठानमा एनेस्थेसियासहितका चिकित्सक र पुरै अत्याधुनिक अप्रेसन कक्ष भएकाले पनि अप्रेसन गर्न सहज भएको डा. रसाइलिले बताउनुभयो । आँखाको क्यान्सर फैलिए पश्चात विरामीको दिमागमा र अन्य शरीरका भागहरुमा असर गर्ने भएकाले विरामीको जीवन वचाउनका लागि अप्रेसन गरिएको प्रतिष्ठानले जनाएको छ ।