अजम्वरी सहकारीको अध्यक्षमा वली

तुलसीपुर
२४ जेठ / दाङको तुलसीपुर स्थित अजम्वरी सहकारीको अध्यक्षमा जितजंग वलीलाई चयन गरिएको छ ।

सोमबार भएको अधिवेशनले वलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा बैशाखी बोहरा, सचिबमा मदन मुस्कान विक, कोषाध्यक्षमा मिना वली, सदस्यहरुमा विरेन्द्र वली, महेश वली, शिक्षा संयोजकमा नवीन शर्मालगायत रहेका छन् ।


त्यस अवसरमा वलीले आफू बिभिन्न संस्था हाँक्दै यो स्थानमा आएको भन्दै सहकारीलाई मजबुत बनाउने बताए । उनले हरेक चिजलाई नयाँ गर्नुपर्ने भन्दै अब सहकारीलाई नयाँ शैलीबाट लैजाने बताए ।