रूकुम पश्चिमका एक युवक भारतमा मृत फेला

रुकुम पश्चिम, १७ जेठ ।

रुकुम पश्चिमका एक युवकको भारतमा मृत फेला परेका छन् । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १२ का २५ वर्षिय मानसिंह खड्का भारतको सइज भन्ने ठाउँमा मृत फेला परेका हुन् । परिवारका सदस्यका अनुसार खड्का नदिमा बगिरहेको अवस्थामा फेला परेका थिए ।


नजिकैको पसलमा झोला राखेर काम छ भन्दै गएका खड्का भोलि पल्ट नदिमा बगिरहेको अबस्थामा मृत फेला परेको स्थानीय प्रेम केसीले जानकारी दिनुभयो । शरिरमा कपडा नभएको र मुख, हात, खुट्टामा गहिरो चोट लागेको उहाँले बताउनुभयो । कसैले हत्या गरेको हुनसक्ने भन्दै परिवारजनले अनुसन्धानको माग गरेका छन् ।