तुलसीपुर १ को पहिलो निर्णय : अपाङ्गता भएका ब्यक्तीलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने

तुलसीपुर
१६ जेठ / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मा नयाँ जनप्रतिनिधि आएपछि सोमबार पहिलो बैठक बसेको छ ।

नयाँ जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्दै बिभिन्न निर्णय गरेका छन् ।


वडाध्यक्ष हुमकान्त सापकोटाका अनुसार पूर्ण अपाङ्गता भएका ब्यक्तीहरुलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने, वडाका विरामीहरुलाई निःशुल्क रगत दिने, वडाबाटै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने तथा किसानहरुलाई प्रोत्साहन गर्न वडामै माटो परिक्षण गर्ने ब्यबस्था मिलाउने निर्णय भएको हो ।

सोमबार नयाँ जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन् । त्यस अवसरमा सापकोटाले जनताका हरेक समस्यासंग जुधेर काम गर्ने बताए । त्यस्तै विकासकालागि दत्तचित्त भएर लाग्ने बताए ।