सामुदायीक विद्यालयका प्रअद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत

दिप्तीशिखा चौधरी
दंगीशरण,१३ जेठ ।

दंगीशरण गाउँपालिकाका सामुदायीक विद्यालयका प्रधानाध्यापकहरुको बैठक दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । आज शुक्रवार बसेको बैठकले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै बैठकपछि नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । स्वागत तथा सम्मान कार्यक्रममा प्रधानाध्यापकहरुले सामुदायीक विद्यालयको समस्या तथा सामुदायीक विद्यालयको शैक्षीक सुधारका विषयमा आगामी पाचँ वर्षीय योजनाका विषयमा जानकारी गराएका थिए । सो अवसरमा दंगीशरण गाउँपालिकाा अध्यक्ष शम्भु गिरीले सामुदायीक विद्यालयहरुको शैक्षिक सुधारका लागि अव आउने वर्ष देखि नै योजनाहरु अघि बढाउने भन्दै जहाँ विद्यार्थी त्यहाँ शिक्षकहरुको अनीवार्य उपस्थिती गराई नयाँ ढंगबाट शिक्षण सिकाई क्रियाकलापलाई अगाडि बढाउने बताउनुभयो ।


दंगीशरणमा बालबालीकाहरुसंग जोडिएको शिक्षालाई गुणस्तरीय बनाउनका लागि नयाँ खालका योजनाहरु ल्याईने बताउनुभयो । सो अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले सामुदायीक विद्यालयहरुको शिक्षालाई प्रभावकारी बनाउन शिक्षकहरुको हात रहेको भन्दै हरेक विद्यालयमा एक कुशल शिक्षकको आवश्यकता रहेको बताउनुभयो । प्रधानाध्यापक तथा शिक्षक र विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु सबै यस विषयमा गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्का, दंगीशरण गाउँपालिकाका १५ वटा सामुदायीक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो । शिक्षा शाखाकि उमा के.सी.को स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण शिक्षा शाखा प्रमुख विनोद अधिकारीले गर्नुभएको थियो ।