कृषि विकास बैक द्वारा बिधुतिय उपकरण सहयोग

शरद रेग्मी
तुलसीपुर, १२ जेठ ।

कृषि विकास बैक तुलसीपुरले नेपाल सस्कृत विश्वविद्यालयलाई बिधुतिय उपकरण सहयोग गरेको छ । सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिहिबार एक कार्यक्रमका बिच बैकले ल्यापटप,कम्प्युटर,स्क्यानर मेसिन विश्वविद्यालयलाई हस्तान्तरण गरेको थियो ।


कृषि विकास बैक प्रदेश कार्याल घोराहीका निर्देशक गिरिराज रेग्मीको अध्यक्षता एवम नेपाल सस्कृत विश्वविद्यालय केन्द्रिय कार्यालय बेलझुण्डिका रजिष्टार माधब अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले कृषि विकास बैकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सो अबसरमा बैकका निर्देशक रेग्मीले लामो ईतिहास बोकेको विश्वविद्यालयको सम्रक्षण र त्यहा भएका ईतिहासहरुलाई जोगाईराख्न आफुहरुले नेपाल सस्कृत विश्वविद्यालयलाई रोजेको जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण कृषि विकास बैक तुलसीपुरका शाखा प्रमुख बाबुराम ज्ञवालिले गर्नुभएको थियो ।