लमहीमा ७ घण्टामा जम्मा ८५० मत गणना

दाङ,३१ बैशाख ।

लमही नगरपालिकामा नेपाली कांग्रेसले ८५० मत गन्दा अग्रता जारी राखेको छ । नगरको वडा नम्बर १, ५ र ९ को मत गन्दा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जोगराज चौधरीले २३५, नेकपा एमालेका दण्डिराम चौधरीले १६१ र नेकपा माओवादि केन्द्रका बसन्तराज शर्माले १७८ मत प्राप्त गरेका छन ।

उपप्रमुखमा नेपाली कांग्रेसका लक्ष्मि योगि २२२, नेकपा एमालेका शुसिला शर्मा १४८ र नेकपा माओवादि केन्द्रका गंगा पाण्डे १२३ मत प्राप्त गरेकि छिन । लमही नगरपालिका यस अघि नेकपा एमालेका उम्मेदवारले जितेका थिए ।


लमही नगरपालिका-५ मा नेकपा माओवादी केन्द्रका ओमप्रसाद सुवेदीले ८०, नेपाली कांग्रेसका कुमार घिमिरेले ५३, नेकपा एमालेका विमबहादुर केसीले ३९ मत प्राप्त गरेका छन । वडा नम्बर १ मा नेपाली कांग्रेसका दामोदर पौडेलले १५७, नेकपा माओवादी केन्द्रका घनश्याम खनालले १२७, नेकपा एमालेका नुमराज पौडेलले ७७ मत प्राप्त गरेका छन ।

लमही नगरपालिका-९ मा नेपाली कांग्रेसका भेषबहादुर केसी९रमेश०ले ८९, नेकपा एमालेका खिमबहादुर केसीले ७४ र नेकपा माओवादी केन्द्रका प्रेम वलिले १८ मत प्राप्त गरेका छन । बिहान ८ बजेबाट मत गणना सुरु गरिएको थियो । यो ७ घण्टाको अवधिमा जम्मा ८५० मत गनिएको छ।