शान्तिनगर–३ मा तिज मिलन

निराश पान्डे
शान्तिनगर, २६ साउन ।
शान्तिनगर गाउँपालिका वडा नम्बर ३ ले महिलाहरुको महान चाड हरितालिका तिज विशेष कार्यक्रमका साथ मनाउने भएको छ। शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मीन बहादुर के सीका अनुसार भाद्र ३ गते पातेटाकुरा र ४ गते भलानेटिमा दर खाने कार्यक्रम सहित नाचगान कार्यक्रम राखिएको अध्यक्ष के सीले जनाएका छन ।

कार्यक्रमलाई भब्य र सब्य रूपमा सफल बनाउन महिला नेतृ पार्बती पुनको संयोजकत्वमा तीन सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ। जसको अन्य सदस्यमा भिमी नेपाली र पार्बती घर्ती रहेका छन ।

साथै कार्यक्रममा सहभागी भैदिन सबै महिला दिदी बहिनीहरुमा वडा अध्यक्ष के सीलेआग्रह समेत गरेका छन् । बैठक पार्बती पुनको अध्यक्षता एबं वडा अध्यक्ष मीन बहादुर के सीको प्रमुख आतिथ्यतामा भएको थियो।