टोलका अगुवाहरुलाई नेतृत्व तथा क्षमता विकास तालीम

तुलसीपुर
२० फागुन / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ मा टोलका अगुवाहरुलाइ तीन दिने नेतृत्व तथा क्षमता बिकास तालीम प्रदान गरिएको छ । दलित कल्याण संघ दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको थियो । बुधबारदेखि सुरु भएको तालीमको शुक्रबार समापन गरिएको हो ।

सस्थाका अध्यक्ष नरसिंह बिस्वकर्माको अध्यक्षता तथा वडा अध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आतिथ्य एवं वडासचिव अमृत दहालको बिशिष्ट आतिथ्यमा तालिम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि चौधरीले सहभागीहरुले आफुले सिकेको सीप तथा ज्ञानलाइ व्यबहारमा उतार्नु पर्ने बताए । टोलबिकास सस्थाको भूमिका भनेको नागरिक र स्थानीय सरकारको सुमधुर सम्बन्ध कायम गर्न पुलको रुपमा रहेकोले यसमा ध्यान दिनुपर्ने बताए ।


कार्यालयमा प्रशिक्षक निर्मल नेपाली,छवि परियार सहभागीको तर्फबाट मेघराज रेग्मी,लक्ष्मी घमाल,बसन्ता गोराथोकीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सस्थाका सचिब सन्तोष चनाराले गरेका थिए ।