
दाङ, १५ फागुन ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी तिव्र पारिएको छ । सबै समितीका संयोजकले आ आफनो समितीको कार्यलाइ तिव्रता दिएका छन् । अहिले प्रदर्शनीका वारेमा छलफल, भेटघाट, चिठी पत्र पठाउने एवम प्रदर्शनी स्थलमा भौतिक निर्माणको कार्यलाई समेत तिव्र बनाइएको प्रदर्शनी मुल आयोजक समितीका उप संयोजक तथा संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । आइतवार मञ्च व्यवस्थापन उप समिती विस्तार गरिएको छ । मञ्च व्यवस्थापन समितीका संयोजक देवकला बस्नेतको अध्यक्षतामा वसेको बैठकले उप समिती विस्तार गरिएको हो । मञ्च व्यवस्थाप समितीको उप संयोजकमा प्रेम गौतम, सह संयोजकमा प्रेम शर्मा रहेका छन् । सदस्यहरुमा रुद्र शर्मा, आन्द चौधरी, सुरेश वुढा, इश्वरा गौतम, भरतमणि पौडेल, मनोज रसाइली, देविराम वि क, राजेन्द्र दाहाल, चाहाना झाँक्री, टिका बोहरा, गंगा पुन, बशन्ता अधिकारी, शुसिला पुन, मिलन सानु मगर रहेका छन् ।
यसैगरेर महिला उद्यमीहरु समिती गठन गरिएको छ । महिला उद्यमी समितीका संयोजक देवकला वस्नेतको अध्यक्षतामा वसेको बैठकले समिती गठन गरेको हो । जसको सह संयोजकमा प्रेमकुमारी पुन, रहेकी छिन् । समितीको सदस्यमा विष्णु थापा, मिना लम्साल, जिवा भुसाल, विष्णु कालाथोकी, इन्दु वुढा, माया चौधरी, सिताकुमारी चौधरी, लिला नेपाली, झुला डाँगी, विणा खनाल, विणाकुमारी पुन, चन्द्रकुमारी वुढा, मनिसा पुन रहेका छन् । बैठकमा सहभागिहरुले संघले गर्न थालेको प्रदर्शनीमा आफनो तर्फ वाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए । संघको आयोजनामा “उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भरमुखी अर्थतन्त्रको निकास” भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो ।



लाइभदाङ । १५ फाल्गुन २०७८, आईतवार १८:४४ बजे