दाङका पुरन र प्रिती बने गोवाको पहिलो ‘आईएमई’ सञ्चालक

दाङ । पुरन र प्रिति दुबै जना कलाकार हुन् । कुनै समय सञ्चार क्षेत्रमा पनि उनीहरुको उत्तिके सक्रियता थियो । कलाकारिता र पत्रकारिताले नै उनीहरुबीचको सम्बन्ध विवाहमा परिणत भयो । त्यही जोडीले अहिले भारतको गोवामा आफ्नै ब्यबसाय सञ्चालन गर्दै आएको छ –त्यो पनि एतिहासिक । उनीहरुले गोवामा पहिलो आईएमई सञ्चालनमा ल्याएका छन् । जो कि यो भन्दा अघि त्यहाँ कोही नेपालीले पनि आइएमई सञ्चालनमा ल्याएको थिएन ।

भारतको गोवा राज्य पर्यटकीय स्थलका रुपमा परिचित छ । धेरै जसो बिदेशी नागरिकको उपस्थिति बाक्लो देख्न सकिन्छ । समुन्द्री सतहले भरिपुर्ण गोवा राज्य हर कोहि ब्यक्तिका लागि सधैं बसिरहुँ लाग्ने गर्छ । गोवा राज्यमा नेपाली नागरिक करिव दुई लाख भन्दा बढि रहेको भारतीय सरकारी तथ्यांक छ । धेरै नेपाली रोजगारको शिलशिलामा गोवामा बस्दै आएका छन् ।

केही नेपालीले आफ्नै निवास बनाएर पनि स्थायी बसोबास गर्दै आएका छन । रोजगारको शिलशिलामा धेरै नेपालीलाई होटेल ब्यबसाय तिर बढि देख्न सकिन्छ । महिना भरि दुख गरि कमाएको पारिश्रमिक नेपाल घरपरिवार सम्म पठाउन निक‌ै असहज हुने अबस्थालाई मध्ये नजर गरि आफूहरुले आईएई सञ्चालनमा ल्याएको सञ्चारक पुरनले बताए । ‘दुःख गरेर पैसा कमाईन्छ, तर, त्यो पैसा नेपाल पठाउन निकै झनझट हुने अबस्था थियो’,उनले भने‘यसैलाई मध्येनजर गरि हामीले आईएमइ सञ्चालनमा ल्याएका हौं ।’

यस अघि एक दिन बिदा लिएर बैंकमा लाईन बस्न जानू पर्ने बाध्यता थियो । समय मै पैसा पठाउन नमिल्ने अवस्था रहनुकासाथै बैंकका कर्मचारी लगायत सुरक्षा गार्डको हेपाई प्रबृत्ति पनि सहनु पर्ने बाध्यता थियो । तर, अब यो समस्यन नरहने उनको भनाई छ । आफूहरुले भारतमा रहने नेपाली र नेपालबाट भारतमै पैसा पठाउन सहज होस्, भनेर यो सेवा सुरु गरेको पुरनले बताए ।


बिगत १० बर्ष देखि गोवामा आवातजावत गर्दै आएका र हाल तीन बर्ष देखि गोवामै बस्दै आएका युवा साहित्यकार पुरन वियोग र कलाकार प्रिती स्वर्णाकारको जोडिले आईएमइ सञ्चालनमा ल्याएका हुन् । उनीहरुले ‘पीबी मनिट्रान्सफर’ सञ्चालनमा ल्याएका छन् । यसले नेपालीहरुलाई निकै राहात पु¥याएको छ । सोचे भन्दा राम्रो सेवा सुविधा मिलेको छ । भारतिय बैंक मार्फत महङ्गो शूल्क तिरेर पैसा नेपाल पठाउनु पर्ने बाध्यता हटेको छ । पैसा पठाउदा बैंक कर्मचारीको ढिला सुस्ती झनझट अब नेपालीले सहनु परेको छैन ।

आफ्नै नेपाली मार्फत दुई सय रुपैँयामै छिटो छरितो घरपरिवारसम्म पैसा पठाउन सकिने भएपछि नेपालीहरु खुसी भएका छन् । नेपालीको उत्साहपूर्ण उपस्थिति देखर सोचे भन्दा पनि राम्रो साथ सपोट पाएको पुरन–प्रितीको अनुभव छ । गोवा राज्यमा मात्रै नभएर भारतका जुन सुकै स्थानबाट पनि छिटो छरितो नेपाल पैसा पठाउन सकिने पनि उनीहरुले बताए । पुरन–प्रिती आईएमीसंग जोडिएर गोवामा मनि ट्रान्सफर सञ्चालन गर्ने पहिलो नेपाली हुन । वियोग बिगत एक दशक देखि साहित्य क्षेत्रको लेखन पेशामा छन आधा दर्जन भन्दा बढि गित बजारमा छन भने गजल मुक्तक समावेस केहि पुस्तक पनि बजारमा पढ्न पाईन्छ ।

प्रिती स्वर्णाकार बिगत एक दशक देखि नै रेडियो टेलिभिजनमा काम गरेकी छिन भने नेपाल तथा भारतमा हुने विभिन्न मेला महोत्सव हरुमा कार्यक्रम सञ्चालन गर्दै आएकी छिन । उनले अभिनय गरेका केहि टेलिसिरियल र आधा दर्जन जति गीत गाएर बजारमा सार्वजनिक गरेकी छिन् । हालःपुरन प्रिती आफ्ना डेढ बर्षका सुपुत्र प्रियन्सका साथ गोवामा मनि ट्रान्सफर कै काममा ब्यस्त रहेका छन । उनीहरु भन्छन‘भारतमा रहेका नेपालीको, समस्या समाधान गर्नु नै हाम्रो कर्तव्य र खुशी हो ।’ साभारः अग्रिम साप्ताहिक

May be an image of ‎4 people and ‎text that says '‎अगिम ২०७८ फागुन सोमबार Agrim Weekly, Feb. 21 Monday 2022) www.livedang.com दाडका पुरन र प्रिती बने गोवाको पहिलो 'आईएमई' सम्चालक तुलसीपुर। जनाकलाकार विविध ढकिया बुनाई तालीम कम्युनिकेशनप्रा.लि उद्ेश्यले मआए काँग्रेस तुलसीपुरद्वारा वडासभापति जनप्रतिनिधिसंग अन्तरक्रिया ن दंगीशरणका परिवार भित्रकै व्यक्तीबाट एक हप्तामा तीन जनाको हत्या वडाबाट बाढीपीडितको जनाको आफून सिफारिस‎'‎‎