दाङ,७ चैत ।
दाङमा १९ वटा क्याम्पसहरुको स्ववियुको नतिजा सार्बजनिक भएको छ । जस अन्तरगत नेकपा एमाले निकट अनेरास्ववियु ७ वटा क्याम्पसमा स्ववियु सभापतीमा विजयी हासिल गर्दै पहिलो स्थानमा रहेको छ । अनेरास्ववियुलाई पछ्याउँदै नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले ४ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ ।
त्यसैगरी नेपाली काङ्ग्रेस निकट नेविसंघ र नेकपा निकट अखिल (क्रान्तिकारी) बिप्लपले ३/३ वटा क्याम्पसमा बिजयी हासिल गरेका छन् । भने एकीकृत समाजबादी निकट अनेरास्ववियू र राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले एकरएक स्थानमा बिजयी हासिल गरेका छन् ।
कसले कहाँ जिते ?
अनेरास्ववियु
१. ऐरावती क्यामस
विष्णा भण्डारी
२. केन्द्रीय आयुर्वेद बिद्यापिठ
हेमन्त वन्जाडे
३.दाङ भ्याली कलेज
प्रविण मगर
४. स्पान कलेज
सीता घर्तीमगर
५. सिद्द पृथ्वी क्याम्पस
आरती चलाउने
६. नोभेक्स कलेज
डिला शाही
७ कलेज अफ लाइफ साइन्स
दिपक योगी
अखिल (क्रान्तिकारी)
१. देउखुरी बहुमुखी क्याम्पस लमही
भरत भुसाल
२. पद्मोदय क्याम्पस घोराही
बिष्णु गोराथोकी
३. मार्क कलेज
समिरजंग मल्ल
४. गोरखा कलेज
यमेशन चौधरी
नेवि संघ
१. अम्बिकेस्वरी क्याम्पस घोराही
रणबहादुर खड्का
२. पुरन्धारा क्याम्पस
गोमा ओली
३. ज्ञानदीप कलेज
सुदिप नेपाली
अखिल (क्रान्तिकारी) बिप्लप
१. राप्ती शिक्षा क्याम्पस
नवीन केसि
२. सिद्दरत्ननाथ क्याम्पस
मनोज केसि
३. ज्ञानसिन्धु कलेज
राधिका केसि
रास्ट्रीय प्रजातान्त्रिक विद्यार्थी संगठन
१. एन्जल अधिकारी
अनेरास्ववियू (एस)
१. इबराज यादब
लाइभदाङ । ७ चैत्र २०७९, मंगलवार १६:५३ बजे