थारु महिलाहरुको क्षमता विकाशका लागि ढकिया बुनाई तालीम

दिपतीशिखा चौधरी,

तुलसीपुर ६ फाल्गुन ।
दंगीशरण गाउँपालिकामा संचालीत उधोगहरुको स्तरोन्नती तालीम कार्यक्रम अन्र्तगत ४५ दिने ढकिया बुन्ने तालीमको आज शुक्रवार समापन भएको छ । थारु हस्तनिर्मीत वस्तुहरुको जगेर्ना गर्ने महिलाहरुलाई ब्यवसायीक बनाउँने उद्धेश्यले तालीमका आयोजना गरिएको हो । तालीममा दंगीशरणका २० जना थारु महिलाहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै सहभागिहरुले अवका दिनमा सिकेका सिपलाई ब्यवहारमा लागु गरि ढकिया उत्पादन गर्न तर्फ आफु अग्रसर हुने बताए ।
सहभागि द्यंगीशरण गाउँपालिका वडा न. ४ कि रेश्मा चौधरीले सिपलाई निरन्तरता दिई ब्यवसायीक रुपमा लैजानका लागि अगाडि बढ्ने बताईन् । “आफैले थाहा पाईराख्ने आफै प्रयोगमा ल्याउँने वस्तु बनाउँन आफनै हातमा सिप नभएकाले धेरै पछि रहेको अनुभयो भयो । समयमै सिप सिकेको भए यसैबाट धेरै अगाढि बढीसक्थे ।” उनी पछुतो ब्यक्त गरिन् । यस्तै । सुभगी चौधरी पनी घरमा बचेको समयलाई सदुपयोग गर्नका लागि बेलैमा सिप सिक्ने अवसर पाएको बताईन् । “आफनै घरमा यहि ढकिया , डेल्वा चाहिन्छ तर हातमा सिप नहुदा माग्नुपर्ने हुन्छ । अव काम चलाउँनका लागि आफनै हातमा सिप भयो । सिप सिकेर धेरै खुसी छु ।” उनले खुसी ब्यक्त गरिन् । २३ वर्षकि समिा चौधरी पनि सिप सिकेर धेरै फाईदा भएको बताईन् । “पछिल्लो पुस्ताले थारु हस्तकला हाते सिपमा कमै मात्रामा ध्यान दिने भएर आजभोली घरमा पनी ढकिया पाउँन मुश्किल भएको सुनाईने । सिप नसिकेर नै आफ्नै घरमै प्रयोगमा आउँने वस्तु किन्नुपर्ने अवस्था आएको बताउँनुभयो । अव त ढकिया डेल्ला सबै काम चलाउँनका लागि भएपनि बुन्न सक्छु भन्ने लागेको छ ।” उनले अनुभव सुनाईन् ।
समापन कार्यक्रममा उधम सहजकर्ता भुवन चौधरीले ब्यवसायलाई अगाडि बढाएमा आफनो तर्फबाट जहिले पनि सहयोग गर्न तत्पर रहने बताए । महिलाहरु आफनो क्षमता बुद्धि गर्न अरु काम संगसंगै उधमी बन्न उत्तीकै अग्रसर हुन जरुरी रहेको बताए ।
समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणका महिलाहरुलाई आत्मनिर्भर बनाउँने उद्धेश्यले गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताए । दंगीशरणमा कोशेली घर निर्माण भईसकेकाले कोशेली घरमा सजावट स्वरुप राख्ने र यहि बाट बिक्री वितरण गर्न सकिने बताए । थारु जातीको बाहुल्यता रहेको दंगीशरणमा थारु पहिचान दर्शाउने सामान उत्पादनमा कमी नहोस् भन्ने उद्धेश्यले यस कार्यक्रमको आयोजना गरिएको बताए । “हरेक चिज वस्तुको प्रवद्र्धन गर्न जरुरी छ र समृद्ध दंगीशरण निर्माणमा जुट्नु छ ।” अध्यक्ष चौधरीले भने । गाउँघरमा पाईने कच्चा पदार्थको उपयोग गरि ब्यवसाय संचालन गर्नका लागि महिलाहरु अग्रसर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतीथी प्रदेश सदस्य धमकली चौधरीले थारु परम्परागत सामग्री उत्पादन गरि विक्री वितरणमा टेवा पुगोस् भन्ने उद्धेश्यले प्रदेश सरकारबाट कोशेली घर निर्माणका लागि वजेट विनीयोजन गरेको बताईन । अव हामी बाहिर नगई आफनै ठाउँबाट ब्यवसाय संचालन गर्न सकिने उनका भनाई थियो ।
घरेलु तथा साना उधौग कार्यालयका उम बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण विक्रम के.सी.ले गरेका थिए । तालीमको प्रशिक्षकमा हिरा कुमारी चौधरी रहेकि थिईन् । घरेलु तथा साना उधौग कार्यालय घोराहिको आयोजना तथा दंगीशरण गाउँपालिकाको सहयोगमा तालीमको आयोजना गरिएको थियो । समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।