दाङ,१२ माघ ।
मोटरसाईकल चलाइरहेको अबस्थामा माथिबाट झरेको ढुंगाले लाग्दा दाङमा एक ब्यक्तीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार मंगलबार राति ७ बजेतिर कपुरकोटबाट तुलसीपुर आउदै गर्दा तुलसीपुर ३ ढक्रेनीमा माथिबाट झरेको ढुंगाले लाग्दा घोराही १४ निवासी ३५ बर्षीय नरबहादुर घर्ती ञसुदीपझ को मृत्यु भएको हो ।
दुइवटा मोटरसाईकलमा ४ जना कपुरकोट जान लागेका थिए । तर, नियमित पानी परिरहेकोले उनीहरू बिचबाटोबाटै फर्किए । घर्तीले मोटरसाईकल चलाईरहेका थिए । बाटो राम्रो नएकाले उनको पछाडी सवार रहेका अर्का ब्यक्ति झरेको समयमा खसेको ढुंगाले मोटरसाईकलमा सवार घर्तीलाई लागेको थियो । उनको टाउकोमा चोट लागेको थियो ।
अन्य दुईजना अर्को मोटरसाईकलमा थिए । पानी परिरहेकाले सोही सडकखण्डमा माथिबाट लेदो खसिरहेको थियो ।
घर्ती जनयुद्धका कमान्डर हुन् । हाल उनी विप्लव निकट नेकपामा आबद्ध थिए ।
लाइभदाङ । १२ माघ २०७८, बुधबार ०९:४५ बजे