आगलागी भएको घरबाट पाँच जनाको शव निकालियो

फाइल फोटो

दीपक बोहरा
दाङ, २८ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘ङ’ लाईन स्थित आगलागी भएको घरमा निसासिएर पाँच जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शुक्रबार विहान २ बजेतिर आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा १० बर्षीय एक बालक, १५/१५ बर्षीय दुई बालक र एक बालिका तथा करिब ५५ बर्षीय एक पुरुषको मृत्यु भएको हो । उनीहरुको पहिचान हुन बाँकी छ ।

आगो कम भएपछि साढे ७ बजेतिर शब निकालिएको हो । तिमध्ये घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनालाई निकालिएको हो । पाँचै जना निसास्एिर मृत्यु भएको प्रहरीले बताएको छ ।‘तेस्रो तलामा रहेकाहरु निसास्एिर मृत्यु भएको जस्तो देखिन्छ’प्रहरी भन्यो‘चौथो तलामा रहेकाहरु अलिअलि जलेका पनि छन् ।’ इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको थियो । विद्युतको मिटर पड्किदा आगलागी भएको प्रहरीले बताएको छ ।


इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ । तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइरहेको छ । पहिलो तलाबाट आगलागी सुरु भएको हो ।