उर्जा उत्पादन, प्रसारण र वितरणका लागि ८५ अर्ब ५४ करोड बजेट विनियोजन

काठमाडौं ,१५ जेठ ।
सरकारले उर्जा, उत्पादन, प्रसारण तथा वितरणका लागि ८५ अर्ब ५४ करोड रूपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उर्जा, उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड रूपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् ।


ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादनको प्रारम्भ गर्न हेटौंडामा २।५ मेगावाट क्षमताको ग्रिन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गरिने बताए ।