रोल्पामा भीरबाट लडेर एक युवकको मृत्यु

रोल्पा,२९ चैत ।
रोल्पाको त्रिवेणी गाउँपालिकामा भीरबाट लडेर एक जना युवकको घटनास्थलमै मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नं. २ नुवागाउँ बस्ने २२ वर्षीय देश कुमार बाँठा मगरको भीरबाट लडेर मृत्यु भएको हो । रोल्पा प्रहरी प्रमुख डिएसपी बिरेन्द्रबिर विश्वकर्माका अनुसार कुल राज बाँठा मगरका छोरा देश कुमार शानिबार ९चैत२८ गते० बेलुका करिब पौने ५ बजेको समयमा जुँगारबाट आफ्नो घर नुवागाउँतर्फ जाँदै हुनुहुन्थ्यो ।


सोही क्रममा त्रिवेणी–२ स्थित रयाले भन्ने ठाउँमा बाटोबाट करिब ६० मिटर तल खोलामा खस्न जाँदा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।