अब दाङ–काठमाडौंकालागि एक करोड बढिका ‘डबल एयरसस्पेन्सर’ गाडी

तुलसीपुर, १३ चैत । दाङको तुलसीपुर स्थित अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले ‘डबल एयरसस्पेन्सर’ गाडी ल्याएको छ । एक करोड १० लाखमा ति गाडी ल्याईएको हो । पहिलो पटक दाङ–काठमाडौं सञ्चालनकालागि ल्याएका चारवटा गाडीको शुक्रबार तुलसीपुर बसपार्कमा उद्घाटन गरिएको हो ।

जुन बसमा बस्नकालागि आरामदायी सोफासेट रहेको, एसी, वाईफाई, सीसी क्यामेराको समेत सुविधा रहेको चालक नारायण रावतले बताए । मनोलिसा नामका ति बसहरुमा ८ जना सुत्न मिल्ने र ४३ वटा आरामदायी बस्न मिल्ने सिट छन् ।

यात्रुहरुलाई सहज यातायात सेवा दिनकालागि यस्ता बस ल्याईएको प्रालिका अध्यक्ष घनश्याम बस्नेतले बताए । पछिल्लो समय यात्रुहरुले सुविधासम्पन्न गाडीको माग गरेकाले समय सान्दर्भिक हुन आबश्यक रहेको राष्ट्रिय यातायात महासंघको बर्गीय संयोजक चिन्तामनी आचार्यले बताए ।


विक्रम बुढाथोकी, हुकुम बुढाथोकी, अनिल बुढाथोकी र सुशिल वलीले ति गाडी ल्याएको भन्दै यसरी नयाँ गाडीहरु ल्याएर सुविधा दिनु पर्ने समेत उनले बताए ।

ति गाडीहरुले आईतबार देखि सेवा दिने छन् । प्रत्येक दिन उक्त सुविधा भएको एउटा गाडी जानेछ । साँझ साढे ६ बजे तुलसीपुर बसपार्कबाट छुट्ने छ । ति गाडीको भाडा पनि एक हजार ८ सय ५० र सुतेर जाने सिटकालागि दुई हजार भाडा कायम गरिएको कोषाध्यक्ष भिमबहादुर केसीले बताए ।

उपाध्यक्ष मोतिलाल न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।