कपुरकोट– खलंगा, रुकुम सडक अबरुद्ध

तुलसीपुर, २० असोज ।
राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट – खलंगा, रुकुम सडक अबरुद्ध भएको छ । लुहाम र कपुरकोटको बिचमा पर्ने अरिङगाले फेदिमा पहिरो गएपछि सडक अबरुद्ध भएको हो ।

दुई वटा जेसिभीले सडकमा खसेको पहिरो दिउँसोदेखि हटाउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी दामोदर केसीले जानकारी दिनुभयो । तुलसीपुर– कपुरकोट सडक भने सुचारु भएको छ ।


तुलसीपुरको हर्नेटी र साततलेमा हिजो राति ११ बजे गएको पहिरो तुलसीपुर उपमहानगरपालिकाको जेसिभीले आज बिहान साढे १ बजे हटाए पछि कपुरकोट तुलसीपुर सडक सुचारु भएको हो ।