अखिल नेपाल विद्यालय कर्मचारी संगठन राष्ट्रिय कार्य समिति घोषणा

दाङ,२७ पुस ।  अखिल नेपाल विद्यालय कर्मचारी संगठन राष्ट्रिय कार्य समिति घोषणा गरिएको छ । जेष्ठ सदस्य कृपाराम पुनको अध्यक्षतामा तदर्थ  कार्य समिति घोषणा गरिएको हो ।

जसको अध्यक्षमा कृष्ण कुवर (लुम्बिनी),बरिष्ठ उपाध्यक्षमा रेसम विश्वकर्मा (गण्डकी) ,उपाध्यक्षमा मित्रलाल खनाल (लुम्बिनी) महिला उपाध्यक्षमा सुनिता धामी (कर्णाली), महासचिवमा विरेन्द्र बहादुर खड्का (कैलाली), उपमहासचिव मदन सज्याल (कालिकोट), अर्थ उपमहासचिवमा पूर्णबहादुर विक, रहेका छन् ।

यस्तै सदस्यहरुमा कुल बहादुर वली, तप्त प्रसाद शर्मा, खम्ब गिरी, कृपाराम पुन, निर्मल श्रेष्ठ, कृष्ण प्रसाद थारु, शक्ति खत्री, यमलाल भुसाल रहेका छन् । यस्तै सल्लाहकारमा डम्बर बहादुर वली र राम प्रकाश कुर्मी रहेका छन् ।


सम्पुर्ण सामुदायिक विद्यालयका कर्मचारी एक हौं भन्ने मुल नाराका साथ समिति गठन गरिएको हो ।