मास्कीद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा

तुलसीपुर ४ माघ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले पदबाट राजीनामा दिएका छन् ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन मास्कीले आईतबार प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन् ।


नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.३ बाट उम्मेदवार बनाउने निर्णय गरेकाले चुनाबमा भाग लिनकालागि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको मास्कीले बताए ।

यस अघि उनी दाङ ३(२)बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुन् ।