प्रतिष्ठानको उपकुलपति नियुक्ति रोक्न उच्च अदालत तुलसीपुरको अन्तरिम आदेशको निरन्तरता

दाङ, ०८ पौष ।
स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते गरेको सुचना हाललाई रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

उच्च अदालतका न्यायधिशद्व्य दुर्गा बहादुर बिश्वकर्मा र यज्ञबहादुर राना मगरको सयुक्त इजलाशले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । अदालतका सुचना अधिकारी कृष्णप्रसाद शर्माले प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थिले दायर गरेको रिटमा आज पुस ८ गते छलफलमा दुबै पक्षलाई बोलाएपछिको बहसमा अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।


यसअघि अल्पकालिन अन्तरिम आदेश उच्च अदालतका मुख्य न्यायधिस राजेश्वर तिवारिको एकल इजलाशले दिएको थियो ।उच्च अदालतको अन्तरिम आदेशको निरन्तरतापछि उपकुलपति नियुक्ति प्रकरण हाललाई रोकिन पुगेको छ ।