
तुलसीपुर, २१ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित डिभाइन टेम्पल एकाडेमी नेपाल सेवा दल(एनसीसी)मा द्धितिय हुन सफल भएको छ।
तीन वटा प्रदेशबाट सहभागि भएका १० जिल्लाका १८ विद्यालय सहभागि भएकोमा डिभाइन द्धितिय हुन सफल भएको हो । बाँकेको कौशिालानगरमा रहेको सेनाको क्याम्पसमा २१ दिनसम्म भएको बन्द शिविरमा पाँच सय ४० विद्यार्थी सहभागि थिए ।
जस मध्ये डिभाइनका प्रचण्ड दाहाल पब्लिक स्पिकिङ्गमा तृतिय तथा मोडेल व्रिफिङ्मा जीवा बुढाथोकी द्धितिय भएकी थिइन । उनीहरुलाई आईतबार एक कार्यक्रम गरि सम्मान गरिएको थियो ।
त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक भोजराज न्यौपानेले यस्ता क्रियाकलापले नै विद्यालयको शिर उचो बनाएको बताए । आफूले दिएको शिक्षाका उपलब्धीनै बिभिन्न प्रतियोगितामा विद्यार्थीको उत्कृष्ट प्रदर्शन भएको उनको भनाई थियो ।
त्यस्तै एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश शर्माले विद्यार्थीहरुका यस्ता क्रियाकलापले ब्यक्तित्व विकासमा निकै सहयोग गर्ने बताए ।



लाइभदाङ । २२ मंसिर २०८२, आईतवार २२:१० बजे