सक्सेस एकाडेमीकाे १२ औं खेल सप्ताह सुरू

तुलसीपुर, ९ मंसिर ।
दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बेलुवा स्थित सप्तरंगी ईग्लिस मिडियम स्कुल (सक्सेस एकाडेमी) काे १२ औं स्पाेर्टमिट सुरू भएकाे छ । मंगलबारदेखि विभिन्न प्रतियाेगिता सुरू भएका हुन् ।

एकाडेमीले प्रत्येक बर्ष खेल सप्ताह आयाेजना हुने गरेछ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ललितजंग शाहकाे अध्यक्षता तथा प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीकाे प्रमुख आतिथ्यमा कार्यक्रम गरि सप्ताह उद्घाटन गरिएकाे हाे ।

त्यस अवरमा प्रमुख अतिथि डाँगीले यस्ता खेलले विद्यार्थीहरूकाे चाैतर्फी बिकासमा सहयाेग पुग्ने बताए ।


त्यस अवसरमा अप्टिमष्ट क्लब तुलसीपुरका अध्यक्ष नाेबेल डीसी, पत्रकार दिपक बाेहरालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

२०७१ सालदेखि बिद्यालयले खुलकुद गतिबिधि गर्दै आएकाे छ । नर्सरी देखि १० सम्मका बिद्यार्थीहरू खेलकुदमा सहभागि हसनेछन् । कबड्डी, फुटबल, एथ्लेटिक्सलगायतका खेलकूद प्रतियाेगिता हुने प्रिन्सिपल प्रदीप वलीले बताए ।

स्कुलका भाइस प्रिन्सिपल गाेपाल गिरीले स्वागत मन्तब्य ब्यक्त गरकाे कार्यक्रमकाे सहजीकरण शिक्षक नन्दु खरालले गरेका थिए ।