दाङमा थ्रेसरमा सल बेरिँदा एक महिला घाइते

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

दाङ, २ कार्तिक ।
दाङको दंगीशरण गाउँपालिका–४ मौलीमा थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते महिला घाइते भएकी छन् । आज बिहान करिब ८ः२० बजे आफ्ना छिमेकी लिलाधर केसीको बारीमा धान थ्रेसिङ गर्ने क्रममा ६० वर्षीया टिका शर्माको सल थ्रेसरमा बेरिँदा टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते शर्मालाई प्रारम्भिक उपचारका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको र त्यहाँ सामान्य उपचारपछि थप स्वास्थ्य परीक्षणका लागि घोराही रेफर गरिएको प्रहरीले बताएको छ ।


शर्माको अवस्था सामान्य रहेको र उनी उपचाररत रहेको जनाइएको छ ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हेकुलीबाट प्रहरी नायब निरीक्षक उज्वल शाहको नेतृत्वमा टोली घटनास्थलमा खटिएको दाङ प्रहरीले जानकारी दिएको छ ।