माेवाइल तथा इलेक्ट्रोनिक व्यवसायीद्वारा रक्तदान 

तुलसीपुर
२४ पुस ।
तुलसीपु क्षेत्रका माेवाइल तथा इलेक्ट्रोनिक व्यवसायीहरुले रक्तदान गरेका छन् । रगतकाे अभावमा कसैकाे ज्यान जाेखिममा नपराेस् भनी रक्तदान गरिएकाे समितिका अध्यक्ष सुजर भण्डारीले बताए ।

समितिमा आवद्ध बीस जना व्यवसायीहरुले शनिबार रक्तदान गरेका हुन् । कालिकादेवी रक्तसञ्चार केन्द्र तुलसीपुरमा पुगेर उनीहरुले रक्तदान गरेका हुन् ।


सुरज भण्डारी, सुशान्त सापकोटा, चेतन कंडेल,शितल  बिस्वकर्मा, ज्योति प्रसाद दाहाल, खगेन्द्र गौतम, दिपक कडेल, समिर  न्यौपाने, कान्तुराम खनाल, समर्पन छेत्री लगायतले रक्तदान गरेका थिए । समितिले व्यवसायीकाे एकता संगै विभिन्न सामाजिक काम गर्दै आएकाे छ ।