अमृतपुर खानेपानीको निर्वाचन ३ असोजमा

तुलसीपुर, २३ भदौ । दाङको तुलसीपुर स्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन ३ असोजमा तोकिएको छ ।

तुलसीपुर ३,८ र ९ नम्बर वडामा पर्ने उक्त खानेपानीको निर्वाचनको मिति तय गरिएको हो ।


जस अनुसार भदौ २४ गते मतदाता नामावली प्रकाशन, सोही दिन नामावली विरुद्ध दावी विरोध,२५ गते अन्तिम नामावली प्रकाशन, २७ गते उम्मेदवार नामावली दर्ता, सोही दिन नामावली प्रकाशन र दावी विरोधको समय तय भएको छ ।

त्यस्तै २८ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने, २९ गते उम्मेदवारको चुनाब चिन्ह प्रकाशन गर्ने तय भएको छ ।