डिभाइन टेम्पल एकाडेमीमा डेंगी सचेतना कार्यक्रम सम्पन्न

तुलसीपुर, २३ साउन ।
वर्षातको मौसमसँगै डेंगूको जोखिम बढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिका–६ स्थित डिभाइन टेम्पल एकाडेमीमा डेंगू विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम डेंगी फ्री नेपाल दाङका जिल्ला संयोजक शुभम देवकोटाको सभाध्यक्षतामा तथा विद्यालयका प्रधानाध्यापक भोजराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

प्रमुख अतिथि न्यौपानेले विद्यालयमा निरन्तर स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै, “विद्यार्थीहरूले यहाँ सिकेका कुरा आफ्ना टोल–छिमेकमा पु¥याउनेछन्। यस्ता कार्यक्रमले विद्यार्थीहरू सचेत हुने मात्र होइन, समुदायमै प्रभाव पार्छन्, त्यसैले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउँदै अघि बढ्नेछौं,” भन्नुभयो।


प्रशिक्षक इन्द्र बहादुर खत्रीले डेंगू रोगको कारण, लक्षण, बच्ने उपाय, लामखुट्टेको जीवनचक्र, संक्रमणको अवस्था र नियन्त्रणमा समुदायको भूमिकाबारे विस्तृत जानकारी दिनुभयो।

कार्यक्रममा शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वडालाई पूर्णरूपमा डेंगूमुक्त बनाउन आपसी सहकार्यका साथ निरन्तर अभियान चलाउने प्रतिबद्धता व्यक्त गरे।