
तुलसीपुर,११ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले जग्गा नापजाँच सुरु गरेको छ । बुधबारदेखि वडाले जग्गा नापजाँच सुरु गरेको हो ।
भूमिहिन सुकुम्वासी, अब्यबस्थित बसोबासलाई ब्यबस्थित गर्न नमुना टोलदेखि नापजाँच सुरु भएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । “वडा भित्रका भूमिहिन सुकुम्वासी र अब्यबस्थित बस्तिलाई ब्यबस्थित गर्न हामीले जग्गा नाप सुरु गरेका छौं”, उनले भने “यसले वडावासीमा खुसी छाएको छ ।”
जग्गा नापजाँच सकिएसंगै लालपुर्जा वितरणको कामलाई अघि बढाउने वडाध्यक्ष चौधरीले बताए । साथै उनले प्राबिधिकहरुले नाँपजाँच गर्ने भन्दै सहयोग गर्न सबैमा अनुरोध पनि गरे ।
त्यस्तै बुधबारदेखि तुलसीपुर ५ ले पनि जग्गा नाँपजाँच सुरु गरेको छ । यस अघि वडा नं. ६ ले जग्गा नाँपजाँच गरेको थियो । भूमि आयोग र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा वडा–वडामा नाप जाँच सुरु भएको हो ।
वडाध्यक्षको नेतृत्वमा सहजीकरण समिति बनाएर काम अघि बढाईएको हो । जसको सदस्य सचिबमा वडा सचिब, सदस्यहरुमा वडा सदस्यहरु तथा राजनीतिक दलका प्रतिनिधिहरु रहेका छन् । तुलसीपुरमा २३ हजार ३ सय २६ जना सुकुम्वासी,दलित, भूमिहिन र अब्यबस्थित बसोबासीहरुले निवेदन दिएका छन् ।



लाइभदाङ । ११ असार २०८२, बुधबार २३:२७ बजे