
दंगीशरण, १८ जेठ ।
दंगीशरण गाउँपालिकाले पाठेघरको स्कृनिङ तथा ब्यबस्थापन सम्बन्धी महिला प्रजनन स्वास्थ्य शिविर दंगीशरण आधारभुत अस्पताल बागरदेखि उद्घाटन गरेकोछ ।
दंगीशरणका विभिन्न ६ वटा स्थानमा ६ दिन सम्म चल्ने स्वास्थ्य शिविरको आइतबार दंगीशरण आधारभुत अस्पतालबाट उद्घाटन गरिएको हो ।आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पछिल्लो समयमा महिलाहरुमा बढ्दो रुपमा देखापरेको पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्कृनिङ गरि थप जटिलतातर्फ जान नदिन शिविरको आयोजना गरिएको स्वास्थ्य साखा प्रमुख प्रदिप योगीले बताएका छन् ।
शिवीर उद्घाटन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले महिलाहरुमा धेरै मात्रामा देखिने पाठेघरको मुखको क्यान्सर जस्तो रोग लाग्न नदिन आफू निर्वाचित भएर आए पश्चात हरेक वर्ष प्रजनन शिवीरका लागि बजेट विनियोजन गर्दै आएको बताए । आफु शुरुदेखी नै भौतिक पुर्वाधारको विकास सङ्गै मानविय विकास र सामाजिक विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन् ।



यस्तै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले अस्पतालसम्म जान नसक्ने र आर्थिक अभाव र लाजले डाक्टरको पहुँचसम्म पुग्न नसक्ने महिलाहरुका लागि प्रजनन स्वास्थ्य शिविरको आयोजना गरिएको बताईन् ।
आज पहिलो दिन शिविरमा जम्मा १०२ जनाले चेकजाँच गराएकोमा पाठेघरको मुखको क्यान्सर जाँच ८९ जनामा क्यान्सर शंकास्पद ३ जना, पाठेघर खस्ने समस्या पहिलो चरण को ६ जना, पोलिप ४ जना, पाठेघरको मुख सुन्निएको १२ जना र पाठेघर सम्बन्धि अन्य विभिन्न समस्या भएको ४३ जनाको चेकजाँच गरिएको स्वास्थ्यसाखा सहायक राधा शर्माले जानकारी दिईन् ।
शिविर उद्घाटन कार्यक्रम गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीको बिशिस्ट आथित्यतामा भएकोथियो ।सोही अवसरमा मानव अधिकारकर्मी पद्मा चौधरी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
लाइभदाङ । १९ जेष्ठ २०८२, आईतवार २०:१४ बजे