मावि मौरीघाटमा अखिल क्रान्तिकारीको कमिटि गठन

हिरा लाल ओलि जनार्दन
तुलसीपुर,१३ पुस । विद्यार्थी जागरण अभियान अन्तरगत अनेरास्ववियू (क्रान्तिकारी) को आज राप्ती गाउपालिका स्थिति माबि मौरिघाटमा ४५ सदस्यीय मुल इकाइ गठन गरिएको छ । पालिकाका अध्यक्ष भुवन केसीको अध्यक्षता एवम अनेरास्ववियू (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष कल्याण अधिकारीको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो ।

उक्त भेलाले अध्यक्षमा दिलु गिरी,उपाध्यक्षमा मोनिका घर्तीमगर, सुनिल चौधरी, पवित्रा भारती,सचिबमा सुदिप मल्ल, सह–सचिबमा अनिता जैसी , हिरा खत्री, सुस्मिता बुढामगर र कोषाध्यक्षमा सागर आचार्यलाई सर्वसम्मत चयन गरिएको छ ।


कार्यक्रमको सहजीकरण अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला सहसचिब एवम लमही नगर अध्यक्ष मोहनराज भुसालले गरेका थिए ।