राजपुर- ७ सिमगजमरी नाकाकाे ग्रामिण मोटर बाटो उद्घाटन

सागर रोका
देउखुरी, १८ चैत ।
राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित सिमगजमरी नाकामा शुक्रबार एक कार्यक्रमका विच ग्रामिण मोटर बाटो उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकी र विशिस्ट अतिथि उपाध्यक्ष  धनपतिदेवी यादव द्वारा बाटोको उद्घाटन गरिएको थियो ।

ग्रामिण मोटर बाटो उत्तरकुटी–सिमगजमरी हुँदै स्याउलेखुटीसम्म जोड्ने बाटो केहि वर्ष पहिले नै अलपत्र परेको मोटर बाटो यस वर्ष सिमगजमरी गाउँसम्म पुगे लगत्तै सिमगजमरी टोल बासीहरुले बाटोको उद्घाटन कार्यक्रम गरेका थिए ।

अझै पनि सिमगजमरी हुँदै स्याउलेखुटी जोडने बाटो पुरा हुन सकेका छैनन् । भने त्यस बाटोलाई पुर्ण रुपमा जोड दिने र छिटै बाटोको लागी काम अगाडी बढाउने राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले बताइन् ।

सिमगजमरी नाकामा पहिलो पटक बाटोको उद्घाटन कार्यक्रममा अतिथिहरुलाई आफ्नो घर आगनसम्म पुराउन पाउदा सिमगजमरी बासिन्दाहरु अतिनै खुशी भएका थिए ।

‘अझै पनि नाकाको लागि हरेक विकास हुन बाँकी रहेको र त्यस विकासको लागि पहल र साथ सपोटका लागी वडाका जनप्रतिनिधि र गाउँपालिकाका प्रतिनिधिहरुको ध्यानाकर्षण गरियो’ स्थानीय बासिन्दा सुबित्रा रानाले भनिन् ।

राजपुर गाउँपालिकाको नेपाल भारत सिमानामा पर्ने नाका क्षेत्रमा विकासको रुपले हेर्ने हो भने पहिलेको भन्दा अहिले धेरै भन्दा धेरै परिवर्तन भएको राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले बताउनुभयो ।


केहि वर्ष पहिले करिब दश लाख रकम वडा मार्फतबाट बजेट छुट्यएको थियो भने त्यो बजेटले करिब पाँच किलोमीटर बाटो पनि पुरा नभई बजेट सकिएको थियो । भने करिब तीन वर्षदेखि अलपत्र परेको उत्तरखुटीबाट सिमगजमरी हुँदै स्याउलेखुटीसम्म पुग्ने बाटो यस वर्ष राजपुर गाउँपालिकाले तेल र मेसिन उपलब्ध गराएपछि जसोतसो सिमगजमरी गाउँसम्म बाटो पुगेको हो ।

राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले उत्तरखुटी,सिमगजमरी हुँदै स्याउलेखुटीसम्म पुग्ने बाटोको लागि वडाले कुनै पहल र लागी नपरेको असन्तुष्टि व्यक्त गर्नुभएकाे थियाे ।

उक्त कार्यक्रममा वडा सचिव दिपक राना, वडा सदस्य प्रमोद बस्नेत, कार्यपालिका सदस्य सन्देश बि.क, राजपुर कम्पनी प्रा.लि का अर्जुन बस्नेत नेपाल–भारत सिमानाका B.O.P सुरक्षा इन्चार्ज भोजेन्द्र राना,पत्रकार लगाएत स्थानीयहरुको सहभागीता रहेको थियो ।

राजपुर गाउँपालिका वडा नम्बर ७ सिमगजमरी गाउँको बाटो उद्घाटनको उपलक्ष्यमा स्थानीय बासिन्दा  वेद प्रसाद खत्री र भाग्सिङ रानाले राजपुर गाउँपालिका र वडालाई आफ्नो गाउँ टोलको एउटा नमुना रहोस् भन्ने उदेश्यले गाउँको चिनो हस्तान्तरण गर्नु भएको थियो ।

राजपुर गाउँपालिका वडा नम्बर ७ सिमगजमरी बाटो उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य पत्रकार सागर रोकाले गर्नु भएको थियो भने समापन वडा अध्यक्ष पुष्कर वलीले गर्नु भएको थियो ।