राष्ट्रिय सभा निर्वाचन : दाङ अदालतका न्यायाधीश लुम्बिनीको निर्वाचन अधिकृत

तुलसीपुर
६ पुस / निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ। माघ १२ गते हुने निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत तोकेको हो। उक्त नियुक्ति पुस १२ गतेदेखि लागू हुने आयोगले जनाएको छ।

आयोगले प्रदेश १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराई, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा।


राजेन्द्रकुमार आचार्य, सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुलाई आयोगले निर्वाचन अधिकृतमा नियुक्त गरेको हो। लुम्बिनी प्रदेश निर्वाचन स्थान दाङ तोकिएको छ ।