दाङमा रात्रीकालिन बजार समय बढाउने प्रतिवेदनका लागि कार्यदल गठन

गोविन्द खड्का
घोराही, ५ चैत ।
दाङमा बजारको रात्रिकालिन समय बढाउन तथा बजार व्यवस्थापन गर्न कार्यदल गठन गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यमा घोराहीमा मंगलबार छलफल भएको थियो ।

रात्रीकालिन समय राति १२ बजे सम्म हुनुपर्छ भन्दै रात्रीकालिन व्यवासायी संघका अध्यक्ष राजेन्द्र दाहालले निवेदन गर्नुभएको थियो । त्यसका अधारमा दाङ जिल्ला उद्योग वाणिज्य संघले समन्वय गरी सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेको थियो । उक्त छलफलले कार्यदल बनाएको हो ।


कार्यदलको संयोजकमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा तुलसीपुर उवासंघ, देउखुरी उवासंघ, दाङ देउखुरी होटल व्यवसायी समिति, तुलसीपुर होटल व्यवसायी समति, लमहि होटल व्यवसायी समिति, स्थानिय सरकार उपभोक्ता हित संरक्षण शाखा प्रमुखहरु र आवश्ययकता अनुसार अन्य विज्ञहरु समावेश गरी प्रतिवेदन तयार गरीने भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी प्रवक्ता डि.एस.पि चक्रबहादुर शाह, लमहि नगरपालिका उपप्रमुख लक्ष्मी योगी, घोराही १४ का अध्यक्ष भानसिंह बुढा मगर, लमही उद्योगा वाणिज्य संघका अध्यक्ष कमल सिंह ठकुरी, दाङ जिल्ला उद्योग वाणिजय संघका मानार्थ सदस्य रामदयाल गुप्ता, पुर्व अध्यक्ष नारायणप्रसाद भुषाल, सदस्य निमबहादुर बुढाथोकी, दाङ देउखुरी होटल व्यवसायी समिति अध्यक्ष इश्वर बुढा मगर, तुलसीपुर होटल व्यवसायी संघका अध्यक्ष ईन्द्र बस्नेत, रात्रीकालिन व्यवासायी संघका अध्यक्ष राजेन्द्र दाहाल लगाएत बोल्नु भएको थियो ।