
रुकुम पूर्व , ३ चैत ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–८ मा रहेको जनसहयोग माध्यमिक विद्यालय, रिवाङ चौरको भवनको छानो पानीसहितको हावाहुरीले उडाइको छ । शनिबार राति परेको हावाहुरीसहितको पानीले विद्यालयको छाना उडाउँदा करिब ६ लाख बराबरको क्षति भएको छ।
हावाहुरीले भवनको जस्तापाताको छाना उडाएको विद्यालयका प्रधानध्यापक गोकेन्द्रजंग मल्लले जानकारी दिए । उनका अनुसार हाल विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले छ । छाना उडाएका कारण केही समय परीक्षा अवरुद्ध भएको र वैकल्पिक व्यवस्था गर्दै अर्को भवनमा परीक्षा सञ्चालन गरिएको उनले बताए।



प्रधानाध्यापक मल्लका अनुसार विद्यालय भवन क्षतिग्रस्त भएकाले विद्यार्थी र शिक्षकलाई कक्षाकोठा अभाव भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काले मल्लले क्षतिको विवरण संकलन गरेर चाँडै नै बैठक बस्ने र पुनर्निर्माण प्रक्रिया अघि बढाउने बताए । साथै, क्षतिको विवरण सम्बन्धित निकायमा बुझाइने र तत्काल पुनःनिर्माणका लागि स्थानीय सरकारसँग पहल गरिने जानकारी दिए।
लाइभदाङ । २ चैत्र २०८१, आईतवार २१:५८ बजे