
तुलसीपुर, ९ फागुन । तुलसीपुरमा ह्वाईट गोल्ड एजुकेशन एण्ड माइग्रेशन सर्भिस सञ्चालनमा आएको छ ।
तुलसीपुरको ‘ग’ लाईनमा उक्त एजुकेशन सेन्टर सञ्चालनमा आएको हो । तेस्रो शाखाका रुपमा सञ्चालनमा आएको हो । यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ, भने दोस्रो शाखा चितवन रहेको छ ।
अहिलेसम्म यस संस्थाले दुई सय बढि विद्यार्थीहरुलाई बिभिन्न देशमा पठाईसकेको छ । २०७३ सालमा संस्था स्थापना भएको हो । उक्त संस्थाले आईल्स, पीटीई, जापानिज भाष तथा अंग्रेजीका कक्षाहरु सञ्चालन हुनेछन् ।
जापान, अस्ट्रेलिया, युके, युएसए, क्यानडा, फिनल्याण्ड, डेनमार्कलगायतका देशमा विद्यार्थी भिषामा पठाइने समेत सञ्चालक नवीन भण्डारीले बताए ।
दुइजना युवा भण्डारी र अनिश डाँगीले उक्त कन्सलटेन्सी सञ्चालनमा ल्याएका हुन् ।



लाइभदाङ । ९ फाल्गुन २०८१, शुक्रबार २१:१० बजे