
तुलसीपुर, ४ फागुन । एनआईसी एसिया बैंक तुलसीपुरका प्रमुख राजीव ओलीले गरीब विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको बिकट क्षेत्रका रुपमा रहेको वडा नं.३ प्रतापकोटमा अध्ययन गर्ने भावना वलीलाई कपी, कलमसहित एक जोर न्यानो कपडा समेत उपलब्ध गराएका हुन् ।
गोरखा स्कुलका सञ्चालक समिति सदस्य समेत रहेका वलीले गएको बर्ष सोही विद्यालयमा पुग्दा आर्थिक अबस्था न्यून भएको देखेपछि यस बर्ष आफैले सहयोग बोकेर ल्याएको बताए ।
गोरखाले मावि प्रतापकोटमा मितेरी सम्बन्ध कायम गरेको छ । जसले विगतमा बिभिन्न सहयोग गर्दै आएको छ । त्यही अवसरमा वलीले पनि सहयोग गरेका हुन् । आगामी दिनमा पनि पुनः सहयोग गर्ने उनले बताए ।
त्यस्तै मावि प्रतापकोटमा सिफारिशमा प्रत्येक बर्ष दुई जना विद्यार्थीलाई कम्प्युटरको डिप्लोमा पढाउने टेक भिजन प्रालिका सञ्चालक अर्जुन डाँगीले प्रतिबद्धता जनाए ।
गोरखाका विद्यार्थी तीन घण्टा हिडेर दिए सरकारी विद्यालयका विद्यार्थीलाई झोला



लाइभदाङ । ४ फाल्गुन २०८१, आईतवार २२:०८ बजे